Shikhar Insurance
National Life

बीमा प्राधिकरण अध्यक्ष नियुक्ति प्रकृया सुरु हुँदै, को-को छन् रेसमा ?

प्रमिला भट्ट
२०८१ पुष ८, सोमबार १५:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्डबाट फर्किएसँगै बीमा प्राधिकरण अध्यक्ष नियुक्ति प्रकृया सुरु हुने भएको छ । तत्कालिन अध्यक्ष सुर्य सिलवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि हाल उनी निलम्बनमा छन् ।

अर्थमन्त्रालय स्रोतका अनुसार बीमा प्राधिकरण अध्यक्ष नियुक्ति प्रकृया अब छिट्टै सुरु हुनेछ । अर्थमन्त्रालय स्रोतले भन्यो, ‘बीमा प्राधिकरण अध्यक्ष नियुक्ति प्रकृया अब सुरु हुनेछ, अर्थमन्त्री ज्यूले प्रधानमन्त्रीबाट समेत अनुमति पाइसकेका छन्, यहि हप्ता नै अध्यक्षका लागि विज्ञापन खुल्नेछ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

सरकार ढल्ने हल्लाकाबिच अर्थमन्त्रालयले छिटो-छिटो प्रकृया सक्न लागेको हो । जति ढिलो उति नै नियुक्तिका लागि असर पर्न सक्ने भन्दै मन्त्रालयले प्रकृया अघि बढाउने भएको हो ।

सिलवाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २४ गते विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । सूर्य सिलवाललाई अख्तियारले मुद्दा दायर गरेपछि मन्त्रालयका सहसचिव मदन दाहाललाई अध्यक्षको जिम्मेवारी दिएको छ । बीमा ऐन २०७९ अनुसार अध्यक्षको म्याद सकिन भन्दा एक महिना अगाडी नै अध्यक्ष छनोट गरिसक्नु पर्ने कानूनी प्रावधान छ ।

ऐनको दफा  ४ मा ‘उपदफा (३) बमोजिम अध्यक्षको नियुक्ति सो पद रिक्त हुनुभन्दा एक महिना अगावै गर्नु पर्नेछ ।’ भनि उल्लेख छ । अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषदले एक छनौट समिति गठन गर्नेछ । छनौट समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. शिवराज अधिकारी, अर्थसचिव डा. रामप्रसाद घिमिरे र बीमा क्षेत्रका एक जना विज्ञ सदस्य हुनेछन् ।

को-को छन् अध्यक्षको रेसमा ?

बीमा प्राधिकरण अध्यक्ष बन्नका लागि विभिन्न व्यक्तिहरु शक्तिकेन्द्र धाउन सुरु गरिसेका छन् । प्राधिकरणमा अध्यक्ष बन्नका लागि अहिलेकै अवस्था सर्वप्रथम कुनै व्यावसायिक घरानाबाट आशिर्वाद प्राप्त गर्नुपर्ने हुन्छ । यसपछि बिचौलियहरुले सत्ताधारी दलहरु समक्ष प्रस्ताव पेश गर्नेछन् । हाल अध्यक्ष बन्नका लागि पहिलो नम्बरमा कृषि विकास बैंकका अध्यक्ष रामशरण पुडासैनी पहिलो नम्बरमा रहेका छन् ।

उनी नेकपा एमाले निकटका पुर्वकर्मचारी हुन् । लामो समय अर्थ मन्त्रालयमा बिताएका पुडासैनी एमाले कोटाबाट प्राधिकरण अध्यक्ष बन्ने पहिलो दाबेदार हुन् । यद्यपी पछिल्लो समयको नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडलले बिचौलियाको कुरा काट्न नसक्दा पार्टी क्याडरले नियुक्ति पाउने सम्भावना कम हुँदै गएको छ । यस्तै, नेपाल आयल निगमका पुर्व कार्यकारी निर्देशक सुरेन्द्र पौडेल रहेका छन् ।

निगममा सफल नेतृत्व गरिसकेका चार्टर एकाउन्टेन (सिए) पौडेल कुशल व्यवस्थापकको रुपमा परिचित छन् । यसैगरी, राष्ट्रिय बिमा संस्थानका पुर्व प्रशासक कवि पाठक पनि प्राधिकरण अध्यक्षको दाबेदार हुन् । नेपाल रि इस्योरेन्सका पुर्व कार्यकारी अधिकृत (सिइओ) शंकर रायामाझी पनि अध्यक्ष बन्ने होडमा छन् ।

यस्तो छ अध्यक्ष बन्न आवश्यक योग्यता

(क) बीमा, मौद्रिक , बैंकिङ्ग, वित्तीय, वाणिज्यशाास्त्र, व्यावस्थापन, जनप्रशासन, तग्याङ्कशाास्त्र, गणित, व्यवस्थापन, जनप्रशासन, वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कानून, न्यायलय, कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको ।

(ख)  उच्च नैतिक चरित्र भएको,

(ग)  उपदफा (३) बमोजिम अयोग्य नभएको ।

(२)  उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ६ को उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिमको सदस्यको हकमा उक्त योग्यता  आवश्यक पर्ने छैन ।

(३)   देहायका कुनै व्यक्ति अध्यक्ष वा सदस्यको पदमा नियुक्त हुन वा त्यस्तो पदमा बहाल रहन अयोग्य मानिनेछ:

(क) गैर नेपाली नागरिक,

(ख) बीमकको कर्मचारी, सञ्चालक, परामर्शदाता वा बहालवाला कर्मचारी,

(ग)  कुनै पनि बीमकमा आफू वा आफ्नो एकाघरको परिवारको कुनै सदस्य आधारभूत सेयरधनीको रुपमा रहेको वा वित्तीय स्वार्थ भएको वा कुनै बीमकको वित्तीय स्वार्थ भएको सङ्गठित    संस्थाको आध सेयरधनी,

(घ) प्रचलित कानून बमोजिम दामासाहीमा परेको अवस्था रहेको,

(ङ) शारीरिक तथा मानसिक अस्वस्थताको कारणले समितिमा रही सेवा गर्न असमर्थ भएको,

(च) भ्रष्टाचार, बैंकिङ्ग वा बीमा सम्बन्धी कसुर, ठगी, मानव बेचबिखन, सम्प शुद्धीकरण, सङ्गठित नैतिक पतन देखिने अन्य कुनै फौजदारी कसुरमा अदालतबाट कसुरदार ठहर भएको,

(छ)  प्रचलित कानून बमोजिम कालोसूचीमा परेकोमा फुकुवा तीन वर्ष पूरा नभएको,

(ज)  अदालत वा प्रचलित कानून बमोजिम स्थापना भएको नियमनकारी निकायबाट कुनै दण्ड सजाय पाएको,

(झ)  विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएको,

(ञ)  बीमकको सञ्चालक समितिको अध्यक्ष, सदस्य, कार्यकारी प्रमुख तथा उच्च व्यवस्थापकीय पदाधिकारीको पदबाट अलग भएको दुई वर्ष पूरा नभएको।

GBIME

प्रतिक्रिया दिनुहोस्