काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुन तोलामा २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ कारोबार भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ४९ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।
सोमबार चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी १ हजार ७ सय ९० रुपैयाँमा खरिदबिक्री भएकोे थियो ।
प्रतिक्रिया दिनुहोस्