काठमाडौं । प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरुको मेला ‘नेपाल प्याक प्रिन्ट इन्टरनेशन एक्स्पो’ आईतवार सम्पन्न भएको छ । गत शुक्रबारदेखि काठमाडौंको भृकुटिमण्डमा आयोजना गरिएको प्रविधि प्रदर्शनीमा २८ हजार मानिसहरुले अवलोकन गरेको आयोजकले जनाएको छ ।
प्रदर्शनीले नेपालमै बसेर प्रविधिको क्षेत्रमा काम गर्दै आएका कम्पनी र मानिसहरुलाई थप प्रोत्साहित गरेको आयोजक संस्था मिडिया स्पेस सोलुसन्स प्रालिका प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताए ।
उनले प्रदर्शनीमा सहभागि हुन आएका विदेशी कम्पनीहरुबाट समेत सकारात्मक प्रतिक्रिया पाएको बताउँदै प्रदर्शनीलाई इमिर्जङ मार्केटका रुपमा लिएका विदेशी प्राविधिक कम्पनीहरु नेपालमै प्रविधिको क्षेत्रमा लगानी गर्न समेत उत्साहित भएको जनाए । उक्त प्रदर्शनीले नेपालको अर्थतन्त्र उकास्नका लागि समेत सहयोग पुग्ने उनको विश्वास छ ।
उनले भने, ‘हाम्रो प्रदर्शनीलाई करिब २८ हजार जनाले अवलोकन गर्नुभएको छ । यो अवलोकन गर्नेहरुमा पनि धेरै मान्छेहरु उद्यमी, व्यवसायी र प्रविधिको क्षेत्रमा काम गर्ने मान्छेहरु रहनु भएको छ । यही क्षेत्रमा काम गर्ने चीन, भारत लगायतका कम्पनीहरुको प्रतिक्रिया पनि लिएका थियौं । उहाँहरुले पनि यसलाई ईमर्जिङ मार्केटको रुपमा लिएर यसको माध्यमबाट नेपाली मार्केटमा कनेक्ट गर्न सजिलो भयो ।’
‘विश्वका विभिन्न नयाँ नयाँ प्रविधिहरुको नेपालमै अवलोकन गर्न पाउँदा देशभित्रै प्रविधिको क्षेत्रमा काम गर्ने साथिहरु खुसिका साथै उत्साहित पनि भएका छन् । यस प्रदर्शनीले नेपालको अर्थतन्त्र उकास्नका लागि पनि सहयोग गरेको उहाँहरुको प्रतिक्रिया छ’ उनले बताए ।
उनले यस्ता मेलाहरुले स्वदेशमै रोजगारी सिर्जना गर्न मद्दत पुग्ने र विदेश जानुपर्ने बाध्यता हटाउने बताउँदै मेला नयाँ नयाँ प्रविधिहरुसँग जोड्ने र नेपालमै बसेर आर्थिक पक्ष सबल बनाउन महत्त्वपूर्ण हुने बताए ।
प्रतिक्रिया दिनुहोस्