Shikhar Insurance
National Life

पाँच महिनामा १५ अर्बको मोवाइल फोन आयात, २ अर्ब बढी राजस्व संकलन

सिंहदरबार संवाददाता
२०८१ पुष ७, आईतवार १८:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा १५ अर्ब रुपैयाँ बढीको विभिन्न ब्राण्डको मोवाइल फोन नेपाल भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिर महिनासम्म १५ अर्ब १८ करोड ११ लाख १८ हजार रुपैयाँबराबरको ९ लाख ९० हजार ७ सय ५४ वटा मोवाइल फोन नेपाल भित्रिएको हो ।

यो परिमाणमा मोवाइल फोन भित्रिदा सरकारले २ अर्ब ८३ करोड ९ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत आवको सोही अवधिमा ९ लाख २ हजार ९ सय ८१ वटा मोवाइल फोन नेपाल भित्रिएको थियो । सो मोवाइल फोन आयात मार्फत नेपालले १३ अर्ब ५९ करोड ९५ लाख ६१ हजार रुपैयाँ विभिन्न देशमा खर्च गरेका थिए भने सरकारले २ अर्ब ५३ करोड २० लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा ९.७२ प्रतिशतले मोवाइल फोन आयात बढेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्