Shikhar Insurance
National Life

लिफमोटर सी-१० गाडीको सुरक्षा परिक्षण चीनमै पायो ‘लो रेटिङ’, खरिद गर्नुअघि सावधानी अपनाउनु पर्ने

सिंहदरबार संवाददाता
२०८१ पुष ९, मंगलवार ११:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । डोङछेदी (Dongchedi) चीन द्वारा गरिएको विधुतिय गाडीको सुरक्षा परीक्षणमा लिफमोटरको (Leap Motor C-10) विद्युतिय गाडीले सबैभन्दा कम अंक प्राप्त गरेको छ । डोङछेदी (Dongchedi)ले सुरक्षा परिक्षणमा कम अंक प्रदान गर्दै उपभोक्तालाई सजग हुन भनेको हो ।

डोङछेदी (Dongchedi) चीनको अटोमोबाइल जानकारी, व्यापार, र सेवा प्रदान गर्ने चर्चित प्लेटफर्म हो । जसको करिब ३५.७ मिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू रहेको दाबी गरेको छ । डोङछेदी (Dongchedi) ले पछिल्लो पटक गरेको एडभान्स ड्राइभर असिस्टयान्स सिस्टम  (ADAS) गुणस्तर अध्ययनले केहि इभी ब्रान्डहरूको अवस्थालाई लिएर चिन्ता व्यक्त गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो चिन्ता नयाँ भने होइन, किनभने यी समस्याहरू इभीहरूको यान्त्रिक पक्षभन्दा बढी एडीएएस प्रविधिसँग सम्बन्धित छन् । सो परिक्षणमा लिफ मोटरको सी-१० ले सबैभन्दा कम अंक प्राप्त गरेको हो । डोङछेदी लिफमवटर सी-१० लाई ८६ औं नम्बर (rank)मा राखेको छ । यो ब्राण्डको गाडीको बिक्री, कम्पनीको अवस्था, सुरक्षा अवस्था, इभी एसयुभीमा प्रयोग गरेको मेटिरिएलको अवस्था हेरेर ८६ औं नम्बरमा राखेको छ ।

सी-१० गाडीको अटो इमर्जेन्सी ब्रेकिङ (Auto Emergency Braking (AEB), रेयर क्रस ट्राफिक अलर्ट (Rear Cross Traffic Alert (RCTA), र रिजर्भ क्रस ट्राफिक ब्रेकिङ (Reverse Cross Traffic Braking (RCTB) प्रणालीहरूमा गम्भीर समस्याहरू देखिएका छन् । यसको एडीएएस सुविधाहरू असंगत र विश्वसनीय नभएको पाइएपछि सुरक्षा चिन्ता बढेको रिपोर्टमा उल्लेख छ|

इभी निर्माताहरू प्रायः आत्म-ड्राइभिङ सुविधाका रूपमा प्रचार गर्छन्, तर वास्तवमा यस्ता प्रणालीहरू पूर्ण स्वायत्त हुँदैनन्।

एसएई इन्टरनेश्नलले (SAE International) ले सेट गरेको अन्तर्राष्ट्रिय मानकले ड्राइभिङ स्वचालन प्रणालीहरूलाई ६ स्तरमा विभाजन गरेको छ। एल शुन्य (L0) वा स्तर शुन्य (0), जहाँ कुनै पनि ड्राइभिङ स्वचालन हुँदैन । एल फाइभ (L5), वा पूर्ण ड्राइभिङ स्वचालन सम्मका मानक छन् ।

बजारमा रहेका धेरै गाडीहरू, जसमा टेस्लाद्वारा डिजाइन गरिएका गाडीहरू पनि समावेश छन्, जुन स्तर २ मा छन्, जसको अर्थ आंशिक ड्राइभिङ स्वचालन हो । दुर्घटनामा संलग्न लिफकोटर सी १० (Leap Motor C10 SUV) पनि यसै श्रेणीमा पर्छ ।

source-Dongchedi.com

 

एल २ (L2) स्तरमा, गाडीहरूमा एडीएस प्रणालीहरू हुन्छन्, जसले गाडीको स्टियरिङ, गति र ब्रेकिङलाई नियन्त्रण गर्न सक्छ। यद्यपि, चालकहरूले सदैव स्टियरिङ व्हीलमा हात राख्नुपर्छ र सडकमा ध्यान दिनुपर्छ, किनकि तिनीहरूलाई सडकमा आउने अवरोधहरूमा प्रतिक्रिया दिन, लेन परिवर्तन गर्न, र ट्राफिक सिग्नलहरूको पालना गर्न जिम्मेवार हुन्छन्।

अटोमोटिभ विशेषज्ञहरूले एडीएस सुविधाहरूको कडा परीक्षण र प्रमाणीकरणको महत्वलाई इभीहरूको बढ्दो प्रचलनसँग जोडेर हेरेका छन्। एक इभी विस्लेषकले भनेका छन् “यी प्रणालीहरूले चालकको सुरक्षा बढाउन र दुर्घटनाहरू घटाउन महत्वपूर्ण भूमिका खेल्छन्। निर्माताहरूले आफ्नो एडीएएस प्रविधिहरू सबै परिस्थितिहरूमा विश्वसनीय र प्रभावकारी छन् भनेर सुनिश्चित गर्नुपर्छ।”

source-Dongchedi.com

लिफमोटरको सी-१० मोडेल नेपालमा सांग्रिला मोटर प्रालीले नेपाल भित्र्याएको छ । तर गाडीमा देखिएको सफ्टवेयरको समस्याले ग्राहकमा गाडी को सुरक्षा प्रति शंका पैदा गरेको छ।  स्रोतका अनुसार सुरक्षा प्रणालीको कारण  नाडा अटो शो मा C10  गाडी को बूकिंग  भए अनुसार  डेलीभरि को संख्या ज्यादै न्यून रहेको छ। नेपाली बिक्रेता सांग्रिला मोटरको संचालक हेमन्त गोल्छा र सन्दिप शारडाले गाडीको सफ्टवेयर र सुरक्षा प्रणालीबारे सिंहदरबारले बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन् । साथै, म्यासेजको पनि रेस्पोन्स गर्न अस्वीकार गरेका छन् ।

उपभोक्ताहरू सजग हुनुपर्ने

उपभोक्ताहरुले कम सुरक्षा फिचर भएको इभी गाडी  खरिद गर्दा सावधानी अपनाउनु पर्ने हुन्छ । उन्नत प्रविधिको आकर्षण भए तापनि, यी प्रणालीहरूको विश्वसनीयता ब्रान्डअनुसार भिन्न हुन सक्छ। उपभोक्ताहरुले गाडीहरूको राम्रोसँग अनुसन्धान र टेस्ट ड्राइभ गरेर आफ्नो अपेक्षा र सुरक्षा सम्बन्धी आवश्यकताहरू पूरा गर्छन् कि गर्दैनन् भनेर सुनिश्चित गर्नुपर्ने रिपोर्टमा उल्लेख छ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्