Shikhar Insurance
National Life

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबरा रकम साढे ४ अर्ब

सिंहदरबार संवाददाता
२०८१ पुष ७, आईतवार १५:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ बिन्दुमा पुगेको बन्द भएको हो ।

आइतबार ११९ कम्पनीको चार अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार ८४ कम्पनीको सेयर मूल्य बढ्दा १५४ कम्पनीको सेयर मूल्य घटेको त्यस्तै आज ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज रिभर फल्स पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको २२ करोड तीन लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

आइतबार १ कम्पनीका सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्