Shikhar Insurance
National Life

लिवर्टी ईनर्जीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०८१ पुष ७, आईतवार ११:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज (पुस ७ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले मंसिर १६ गतेदेखि हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँको १:०.५० को अनुपातमा ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता सेयर निष्कासन गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सेयरको १०० रुपैयाँ अंकित मूल्य रहेको छ । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरेको थियो । यसर्थ कात्तिक २० गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउँनेछन् ।

कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल, लिवर्टी इनर्जी र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन पेश गर्न सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्