काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।अघिल्लो दिन प्रतिताेला १ लाख ४९ हजार रुपैयाँमा खरिदबिक्री भएको थियाे ।
साथै, शुक्रबार चाँदी मूल्य प्रतितोला १ हजार ७ सय ६० रुपैयाँमा खरिद बिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्