काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चलक समितिको निर्णय अनुसार सेयरधनीलाई यो वर्ष कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।
साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्