काठमाडौं । धितोपत्र बोर्डमा नयाँ अध्यक्षको रुपमा सन्तोष नारायण श्रेष्ठ आएदेखि नै ओरालो यात्रामा रहेको नेपाली पुँजी बजारमा यो साता भने पहिरो नै गएको छ । साताको चारै कारोबार दिन नै उच्च अंकले घटेको बजारमा मंगलबार मात्रै २ अंकले बढेको थियो ।
आफुलाई भारतीय गुप्तचर निकाय ‘र अ’ को (रिसर्च एण्ड एनालिसिस विङ) का पुर्व एजेन्ट बताउने लक्की बिष्टले एक महिनामा नेपालको सरकार ढल्ने भन्दै अन्तर्वाता दिएपछि त्यसको असर नेपाली बजारमा देखा परेको हो ।
सेयर बजारका लगानीकर्ता छोटेलाल रौनियारका अनुसार ‘बजारमा चलेको राजनैतिक परिवर्तनको हल्लाले चौतर्फि रुपमा सहज अवस्था रहेपनि नेपाली बजारले स्थाईत्व पाउन सकेको छैन ।’ सरकार परिवर्तन, प्रधानमन्त्री अर्थमन्त्री बीचको मतभेद लगायतको समाचारका कारण समेत बजार नकारात्मक भएको रौनियारको तर्क रहेको छ ।
बजार ओरालो यात्रामा रहेको यो साता समग्रहमा १९ अर्ब ३० लाख ९१ लाख ८९ हजार ६ सय ४६ रुपैयाँमा ३ करोड ९६ लाख ६४ हजार ७ सय ५३ कित्ता सेयर किनबेच हुँदा ८५.४७ अंकले बजार घटेर २५९६.८२ को बिन्दुमा पुगेको छ ।
यस्तो छ साताको पुँजीबजार
साताको दोस्रो कारोबार दिन अर्थात पुस १ गते सेयर बजार ५१.३७ अंकले घटेर २६३०.९१ को बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।
सोमबार ३ सय ४ कम्पनीको १ करोड २७ लाख ४५ हजार ७ सय ७७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार ८ सय ४७ रुपैयाँ बराबरको कारोबार भएको थियो । सो दिन १५ कम्पनीको सेयर मूल्य बढ्दा २२७ कम्पनीको सेयर मूल्य घटेको थियो ।
साथै, सो दिन १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो भने जानकी फाइनान्सको सेयर मूल्य ९.५८ प्रतिशतले घटेको थियो ।
साताको तेस्रो कारोबार दिन अर्थात पुस २ गते सेयर बजार २.९५ अंकले बढेर २६३३.८७ को बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।
मंगलबार ३ सय १८ कम्पनीको ८९ लाख ३९ हजार ३ सय ४८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार ७ सय ४० रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार १ सय १७ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको सेयर मूल्य घटेको थियो भने १० कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।
साथै, सो दिन १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो भने १ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो ।
बुधबार अर्थात पुस ३ गते सेयर बजार ५.६० अंकले घटेर २६२८.२६ को बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।
बुधबार ३ सय १४ कम्पनीको ८१ लाख ४७ हजार ३ सय २० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २७ करोड ८२ हजार ५ सय ७५ रुपैयाँ बराबरकाे कारोबार भएको थियो । सो दिन ८१ कम्पनीको सेयर मूल्य बढ्दा १४९ कम्पनीको सेयर मूल्य घटेको थियो भने १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।
साथै, बुधबार उपकार लघुवित्त र सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो भने कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मुल्य ९.९० प्रतिशतले घटेको थियो ।
साताको अन्तिम कारोबार दिन अर्थात पुस ४ गते सेयर बजार ३१.४३ अंकले घटेर २५९६.८२ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
बिहीबार ३ सय १० कम्पनीको ९८ लाख ३२ हजार ३ सय ८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड २ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । साे दिन २९ कम्पनीको सेयर मूल्य बढ्दा २११ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, सो दिन १ लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ९.२१ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्