Shikhar Insurance
National Life

दोहारो अंकले घट्यो सेयर बजार, कारोबार रकम साढे ४ अर्ब बढी

सिंहदरबार संवाददाता
२०८१ पुष ४, बिहीबार १५:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताकाे अन्तिम काराेबार दिन सेयर बजार दाेहाेराे अंकले घटेकाे छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ मा पुगेको छ ।

बिहीबार ३१० कम्पनीको ९८ लाख ३२ हजार ३ सय ८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड २ लाख ६७ हजार रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार जानकी फाइनान्स कम्पनीको सेयरमा सर्वाधिक कारोबार भएको छ । कम्पनीको १७ करोड ६० लाख २५ हजार रुपैयाँ बढी कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता न्युनतम मूल्य ९ सय १४.४० रुपैयाँ रहेको छ ।

बिहीबार  २९ कम्पनीको सेयर मूल्य बढ्दा २११ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, आज १ लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ९.२१ प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्