काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ मा पुगेको छ ।
बिहिबार ३ सय १० कम्पनीको ९८ लाख ३२ हजार ३०८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड २ लाख ६७ हजार ४ सय ८३ रुपैयाँ कारोबार भएको छ ।
बिहिबार सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, आज सामुदायिक लघुवित्तको ७.९६ प्रतिशत, भूगोल इनर्जी डेभलपमेन्टको ५.०९ प्रतिशत सहित ४५ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्