काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले पुष १ गतेदेखि पुष २६ गतेसम्ममा व्यतित बीमालेख पुनर्जागरणका लागि ७५ प्रतिशतसम्म ब्याज छुट योजना सार्वजनिक गरेको छ।
आर्थिक समस्याका कारण बीमालेख सक्रिय राख्न नसकेका ग्राहकलाई पुन: बीमाको दायरामा ल्याउने उद्देश्यले कम्पनीले सो योजना सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यस योजनाले आफ्ना ग्राहक र उनीहरूको परिवारको आर्थिक भविष्य सुनिश्चित गर्ने र ग्राहकहरूको व्यतित बीमालेख पुनर्जागरण गरी उहाँहरूको सुरक्षालाई निरन्तरता दिने जनाएको छ ।
यो योजनाले ग्राहकलाई समयमै आफ्नो बीमा योजना पुनर्जागरण गर्न प्रोत्साहन गर्दै वित्तीय अनुशासन प्रवर्द्धन गर्ने कम्पनीले विश्वास लिएकोे छ ।
सन नेपाल लाइफ इन्स्योरेन्सले यस छुट अभियानमार्फत ग्राहकहरूलाई आर्थिक सुरक्षाको निरन्तरता दिन र जीवन बीमाको महत्त्वलाई अझ प्रभावकारी रूपमा उजागर गर्ने लक्ष्य राखेको छ।
प्रतिक्रिया दिनुहोस्