Skip to content
Shikhar Insurance
National Life

अमेरिकाले नेपाली सेनाका लागि पठायो चार थान डुङगा

Hyundai
NCELL
NIMB

काठमाडौं । अमेरिकाले नेपाली सेनालाई सहयोगस्वरुप बाढी र डुबानजस्ता जलजन्य प्राकृतिक प्रकोपका समयमा उद्धारमा प्रयोग हुने चार थान डुङ्गा उपलब्ध गराएको छ ।

नेपाली सेना विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक रामनाथ ढुंगानालाई छाउनीस्थित जंगी असबाब खानामा मंगलबार अमेरिकी दूतावासका मुख्य सेनानी मिसेल पी ह्वाइटले उद्धारमा प्रयोग हुने बोटस हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेनाले बाढी/डुबानलगायत जलउत्पन्न विपद्का समयमा उद्धार तथा राहतमा डुङ्गा बहूपयोगी हुने बताएको छ ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्