Shikhar Insurance
National Life

बैंकर्स संघको साधारण सभा सम्पन्न, सन्तोष कोइरालाकाे नेतृत्वमा नयाँ कार्य समिति चयन

सिंहदरबार संवाददाता
२०८१ पुष ३, बुधबार १७:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बैंकर्स संघले आफ्नो ३८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संघको सो सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।संघको सभाले सन्तोष कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

बैकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई निर्विरोध निर्वाचित गरेको छ । कोइराला यस अघि संघको उपाध्यक्ष थिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संघको उपाध्यक्ष पदमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् । संघको कार्यसमितिका तीन जना सदस्यहरुमा एभरेष्ट बैंक लिमिटेड सीईओ सुदेश खालिङ, कुमारी बैंक सीईओ राम चन्द्र खनाल, नेपाल बैंकका सीईओ तिलकराज पाण्डेय निर्विरोध निर्वाचित भएका छन् ।

साधारण सभाको निर्णय पश्चात् संघको कार्यकारिणी समितिका सदस्यमा प्रभु बैंकका सीईओ अशोक शेरचन, सानिमा बैंकका सीईओ निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैंकका सीईओ सञ्जिब मानन्धर र सिद्धार्थ बैंकका सीईओ सुन्दर प्रसाद कँडेल चयन भएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्