Shikhar Insurance
National Life

शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै पाँचथर पावर

सिंहदरबार संवाददाता
२०८१ पुष ३, बुधबार १४:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीको पुष २ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

यस अनुसार कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ९६ करोड २५ लाख रुपैयाँबराबरको ९६ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीले बैंकको कर्जा भुक्तानी गर्ने उद्देश्यले सो दरमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आगामी वार्षिक साधारण सभा वा विशेष साधारण सभाबाट पारित भएपश्चात कम्पनीले सो दरमा हकप्रद सेयर निष्कासन गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्