काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकालाई नेपालको सबैभन्दा सफा शहर बनाउन बनाउन चाहेको बताएका छन् । मंगलबार महानगरपालिकाको १०६ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्राकृतिक विपद्को सामना गर्ने सवालमा नेपालकै उत्कृष्ट पालिका हुनेगरी काम गरिहरहेको जानकारी दिए । उनले ललितपुर महानगरपालिकाको वडा नं २३ र २४ मा पर्ने बाटो निर्माणमा सरकारले चासो नदिँदा लज्जित बनाइरहेको समेत बताए । उनले संघीय सरकारले तत्काल त्यहाँका नागरिकहरुलाई मुआब्जा वितरण गरेर बाटो निर्माणलाई तिब्रता दिन प्रधानमन्त्री समक्ष आग्रह गरे ।
उनले महानगरको सातदोबाटो र चापागाउँमा फ्लाईओभर र एकान्तकुनामा अण्डर पास बनाउन जरुरी रहेको समेत बताए ।
प्रतिक्रिया दिनुहोस्