काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले १३ औं वार्षिक साधारण सभा बोलाउको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा पुस २७ काठमाडौं ब्याङ्क्वेट प्रालि नयाँ बानेश्वरमा बिहान साढे १० बजेदेखि आव्हान गरेको हो ।
सभामा चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेश गर्नेछ ।
साथै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरण पारित गर्नेछ ।
सभामा चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय छलफल गर्नेछ ।
सभामा कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, थप ऋण लिने र पाँच जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव गर्नेछन् ।
साथै, सभा प्रयोजनार्थ कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार आधारमा पुस ९ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्नछन् ।
प्रतिक्रिया दिनुहोस्