काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको पुष २ गते बसेको सञ्चालक समिति बैठकले उक्त आर्थिक वर्ष सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय हो।
उक्त आर्थिक वर्षको वित्तीय विवरण पारित गरेर स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने कम्पनीले जनाएको छ। राष्ट्र बैंकले स्वीकृत गरेपछि वित्तीय विवरण पारित गर्न आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय कम्पनीले गरेको हो।
प्रतिक्रिया दिनुहोस्