Shikhar Insurance
National Life

५.२५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टले बोलायो साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ पुष ३, बुधबार ११:११
Hyundai
NCELL
NIMB

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले चुक्ता पूँजीको ५.२५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले पुष २४ गते, बुधबार, कार्की ब्याङ्केट, बबरमहल, काठमाडौंमा सभा बस्ने निर्णय गरेको हो ।

सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०८०/८१ को परीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात आर्थिक वर्ष २०८०/८१ को नोक्सान हिसाव र नगद प्रवाह विवरणसहितका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने सभाको प्रस्ताव रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा कम्पनीबाट १० लाख रुपैयाँबराबरको खर्च भएकोमाको अनुमोदन गर्ने कम्पनीले जनाएको छ ।

सभा प्रयोजनका लागि पुष १२ गते एकदिन सेयरधनी दर्ता किताव बन्द रहने छ । पुष ११ गतेसम्म नेप्से कारोबारमा कायम सेयरधनीहरु मात्र सभामा सहभागी हुन पाउने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्