Shikhar Insurance
National Life

पोहोर भन्दा किन ८ अर्ब कम उठ्यो आन्तरिक राजस्व, लक्ष्य भन्दा २७ अर्बले पछि पर्यो विभाग                                        

सिंहदरबार संवाददाता
२०८१ पुष ३, बुधबार ०९:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । आन्तरिक राजस्व विभागले मंसिर महिनामा ३६ अर्ब ३६ करोड ३६ लाख राजस्व संकलन गरेको छ । राजस्वको ८ शिर्षकमा विभागले सो बराबर राजस्व संकलन गरेको हो ।

मंसिर महिनामा विभागलाई अर्थ मन्त्रालयले ३८ अर्ब ३० करोड ४४ लाख राजस्व असुल गर्न लक्ष्य दिएको थियो । गत आर्थिक वर्ष २०८०/०८१ को मंसिर महिनाको तुलनामा विभागले ८ अर्ब ३० करोड कम राजस्व संकलन गरेको छ । चालु वर्ष पोहोरभन्दा कम राजस्व उठ्नुको कारण गतवर्ष बैंहरुले फर्दर पब्लिक अफरिङ (एफपीओ) र मर्जरको लाभमा कर तिर्दा धेरै रकम हुन गएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पुर्व अर्थमन्त्री  डा. प्रकाशशरण महतले आर्थिक ऐन मार्फत एफपीओ र मर्जरमा लाग्ने कर २०८० मंसिर मशान्तसम्म दाखिला गरे जरिवाना र ब्याज नलाग्ने उल्लेख थियो । सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालत पुगेका बैंकरहरु अदालतले रिट नै खारेज गरिदिएपछि कर दाखिला गर्न बाध्य बनेका थिए ।

यसरी बैंकहरुले आयकर शिर्षकमा १३ अर्ब भन्दा बढी कर दाखिला गर्दा गत वर्षको मंसिर महिनामा राजस्व संकलन बढ्न पुगेको थियो । यसकारण पोहोरको मंसिर महिनाको तुलनामा यो मंसिरमा ८ अर्ब ३० करोड कम राजस्व संकलन भएको हो ।

 

यो मंसिरमा आयरक शिर्षकमा १२ अर्ब ३३ करोड, आन्तरिक मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ११ अर्ब ३९ करोड, अन्तशुल्क आन्तरिक तर्फ ९ अर्ब ८३ करोड संकलन भएको छ । बहाल कर तर्फ २३ करोड २० लाख कर उठ्दा ब्याजकर शिर्षकमा ८७ करोड ८४ लाख कर संकलन भएको छ । स्वास्थ्य सेवा शुल्कतर्फ ५८ करोड ५३ लाख, शिक्षा सेवा शुल्कतर्फ १८ करोड ७८ लाख र अन्य शिर्षकमा ९१ करोड ३१ लाख कर संकलन भएको छ ।

लक्ष्य भेट्न कठिन

चालु वर्षको पाँच महिनामा विभागले १ खर्ब ८७ अर्ब ३२ करोड राजस्व गरेको छ । मन्त्रालयले विभागलाई पाँच महिनामा २ खर्ब १८ अर्ब ४५ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको छ । पाँच महिनामा विभाग लक्ष्य भन्दा ३१ अर्ब १ करोड ९८ लाख रुपैयाँले पछि परिसकेको छ । विभागले चालु वर्ष ७ खर्ब १ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्वको लक्ष्य प्राप्ति नभए मन्त्री कर्मचारी कोहि पनि सुरक्षित नहुने बताउँदै आएका छन् । यद्यपी मन्त्री पौडेलले कर्मचारीहरुमाथी जति दबाब बढाएपनि लक्ष्य अनुसार राजस्व असुल गर्न कठिन देखिदै  गएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्