काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा २० अर्ब ७७ करोड ७३ लाख अर्ब रुपैयाँ वैदेशिक लगानी प्रस्ताव आएको छ । उद्योग विभागले उपलब्ध गराएको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको तथ्याङ्क अनुसार यस्तो देखिएको हो ।
विभागका अनुसार चालु आवको सोहि अवधीका अटोमेटिक रुट, कागजी प्रक्रिया र सेयर खरिद तथा सदस्यता सम्झौतामार्फत ३१९ उद्योगका लागि सो रकम बराबरको लगानी प्रतिवद्धता आएको छ ।
विभागका अनुसार सो अवधिमा अटोमेटिक रुटमार्फत १३८ परियोजनाका लागि २ अर्ब १३ करोड १ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।
चालु आवको सोही अवधिमा एसपीए तथा एसएसएका लागि २७ वटा परियोजना मार्फत १ अर्ब ५४ करोड १२ लाख १५ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।
सो अवधीका दर्ता भएका उद्योगमा साना उद्योग ३१२ वटा रहेका छन् भने ठूला उद्योग ३ वटा र मझौला उद्योग ४ रहेका छन् । प्रस्तावित उद्योगबाट ९ हजार २ सय ६ जनालाई रोजगारी प्रस्ताव गरिएको छ ।
मंसिर मसान्तसम्ममा सूचना प्रविधि क्षेत्रका १०६ वटा, निर्माण क्षेत्रका २२ वटा, सेवामुलक क्षेत्रका ४०, पर्यटन क्षेत्र १४५ उद्योग दर्ता भएका छन् । त्यस्तै सो अवधिमा कृषि ५ वटा उद्योग दर्ता भएका छन् भने पूर्वाधार र जलविद्युत क्षेत्रमा लगानी शुन्य रहेको छ ।
प्रस्तावित उद्योगमध्ये पर्यटन क्षेत्र सर्वाधिक लगानी प्रस्ताव आएको छ । यस अवधिमा पर्यटन क्षेत्रका १४५ वटा परियोजनामा १२ अर्ब ७६ करोड ५५ लाख ९० हजार रुपैयाँ लगानी प्रस्ताव गरिएको छ ।
यस्तै, सेवामुलक क्षेत्रका ४० परियोजनामा ४ अर्ब ८३ करोड १० लाख १० हजार रहेको छ भने उत्पादनमुलक २२ परियोजनामा १ अर्ब ८१ करोड १० लाख रुपैयाँ प्रस्ताव आएको हो ।
यस्तै, कृषि मुलकका ५ परियोजनामा ६७ करोड र पुर्वाधारका १ परियोजनामा २० करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव आएको छ । नेपालमा लगानी विदेशी लगानीकर्ताले नाफा बापत ८५ करोड १६ लाख २ हजार रुपैयाँ बराबरको लाभांश लैजान प्रस्ताव गरेका छन् ।
सो अवधिमा लगानीकर्ताहरुले रोयल्टी मार्फत ३८ करोड २२ लाख ५४ हजार रुपैयाँ, नौं लाख ५१ हजार अमेरिकी डलर, भारुमा २० करोड ५ लाख र युरोमा १० हजार २०० रुपैयाँ थप रोयल्टी लगेको विभागको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्