काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयरमा बजार राताम्य भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ मा पुगेको हो ।
सोमबार ३०४ कम्पनीको १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार ८ सय ४७ रुपैयाँ कारोबार भएको छ ।
आज सेयर बजारमा पहिरो गएपनि कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमा भने सकरात्मक सर्किट लागेको छ । त्यस्तै, आज जोशी हाइड्रोपावर डेभलपमेन्टको ८.७० प्रतिशत, कुमारी सवल योजनाको ५ प्रतिशत, नेसनल हाइड्रोपावरको ३.९८ प्रतिशत सहित २८ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्