काठमाडौं । साताको दोस्रो कारोबार दिन अर्थात पुष १ गते सुनको मूल्य सामान्यले बढेको छ । सोमबार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ५० हजार ८ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ५१ हजार २ सय रुपैयाँमा किनबेच भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्