काठमाडौं । नेपाल हाइड्रो डेभलपरले आव २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको संचित मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापुँजीको ८ प्रतिशतले हुन आउँने बोनस सेयर र ०.४२ प्रतिशतले हुन आउने नगद लाभांश (बोनस सेयरको कर प्रयोजनार्थ) गरी जम्मा ८.४२ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्