काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ । बैंकको पुष १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
उक्त लाभांशमा ३ प्रतिशतका दरले बोनश सेयर (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) र ४ प्रतिशत नगद लाभांश रहेको छ ।
बैंकको सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्