Shikhar Insurance
National Life

लाभांश प्रस्ताव गर्न नेपाल हाइड्रो डेभलोपरले डाक्यो पुस २५ गते साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ मंसिर ३०, आईतवार १०:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले १८औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा पुस २५ गते लिसारा रिसेप्सन नक्सालमा बिहान ११ बजेदेखि आव्हान गरेको हो ।

सभामा गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका अन्य वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

सभामा चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

साथै, सभा प्रयोजनार्थको लागि कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार पुस ७ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्