Shikhar Insurance
National Life

घारमा खेलमैदान बनाउन २८ लाख ४२ हजार जुट्यो

सिंहदरबार संवाददाता
२०८१ मंसिर २८, शुक्रबार १०:१०
Hyundai
NCELL
NIMB

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारमा खेलमैदान बनाउन समुदायबाट २८ लाख ४२ हजार सङ्कलन भएको छ । साथै पालिकाले उक्त रकमबाट तीन रोपनी जग्गा खरिद गरेको छ ।

खेलकुद गतिविधि सञ्चालन गर्न मैदान आवश्यक परेकाले जग्गा खरिद गरिएको अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए । ‘समुदायस्तरबाट सहयोग जुटाएर खरिद गरिएको जग्गामा खेलमैदान बनाउन गाउँपालिका, प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गरेका छौँ’ उनले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

खेलमैदान बनाउन घारखोला जलविद्युत् आयोजनाले १३ लाख ५० हजार, ५ लाख ५५ हजार चन्दा सङ्कलन, हाल जापानमा रहेका घारका ददीवल खड्काबाट पाँच लाख, घार कोटमन्दिरबाट एक लाख ६५ हजारका साथै अन्य दाताबाट रकम प्राप्त भएको उनले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्