Shikhar Insurance
National Life

४ महिनामा सरकारको कुल खर्च ४१५ अर्ब माथि, कर राजस्व २८९ अर्ब परिचालन

सिंहदरबार संवाददाता
२०८१ मंसिर २७, बिहीबार १८:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को ४ महिनामा नेपाल सरकारको कुल खर्च ४१५ अर्ब २ करोड रहेको छ ।

समीक्षा अवधिमा चालु खर्च २९२ अर्ब ५३ करोड, पुँजीगत खर्च ३४ अर्ब ५३ करोड र वित्तीय व्यवस्था खर्च ८७ अर्ब ९६ करोड रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ३२३ अर्ब २४ करोड पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस अन्तर्गत कर राजस्व २८९ अर्ब ९० करोड र गैर कर राजस्व ३३ अर्ब ३४ करोड परिचालन भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्