काठमाडौं । स्टक ब्रोकर एशोसियसन अफ नेपालको नयाँ कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको शपथ तथा पदभार ग्रहण गरेका छन् ।एसोसिएसनको ३०औं साधारण सभामा चयन सदस्यहरूलाई काठमाडौंमा एक कार्यक्रम गरि शपथ ग्रहण गराएका हुन् ।
एसोसियनको अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन् भने कार्यसमिति उपाध्यक्षमा नितेश अग्रवाल, महासचिव भक्तिराम घिमिरे, कोषाध्यक्ष मदन पौडेल र सचिवमा विनय पौडेल निर्वाचित भएका छन् ।
सदस्यमा विशालकुमार अग्रवाल, प्रियन्सु अग्रवाल, जयन्त श्रीवास्तव र जेलिना कँडेल छन् । नयाँ पदाधिकारीलाई धर्म राज सापकोटाले स्वागत गरेका थिए । नयाँ पदाधिकारीलाई अधिवक्ता वासुदेव रिजालले शपथ ग्रहण गराए ।
प्रतिक्रिया दिनुहोस्