काठमाडौं । चालु आवको ४ महिनामा कुल विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८१ कात्तिक मसान्तमा यस्तो सञ्चिति २२ अर्ब ५५ अर्ब ३५ करोड पुगेको हो ।
२०८१ असार मसान्तमा यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा ९.४ प्रतिशतले वृद्धि भई १६ अर्ब ७० करोड पुगेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई २० खर्ब ८ अर्ब १५ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १९२ अर्ब ५५ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा २८.४ प्रतिशतले वृद्धि भई २४७ अर्ब २० करोड कायम भएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
२०८१ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्