काठमाडौं । नेपाली बजारमा हिरोका दुई नयाँ मोटरसाइकल सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो ।
कम्पनीले एक्स्ट्रिम सिरिजको १२५ आर र १६० फोर भी सार्वजनिक गरेको हो । एक्स्ट्रीम १६० आर फोरभीको मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ तोकिको छ। यसअघि बिक्री हुँदै आएको टुभीको मूल्य ३ लाख ६४ हजार ९०० रुपैयाँ थियो । हिरोले एक्स्ट्रीम १६० आर फोभीमा १६३.२ सीसी क्षमताको सिंगल सिलिन्डर, फोर भल्भ, हेड र आयल कुल्ड इन्जिन दिएको कम्पनीले जनाएको छ । कम्पनीको यसको अधिकतम पावर ८५०० आरपीएममा १६.९ पीएस रहेको छ । यसको पावरमा बढोत्तरीसँगै एक्सलरेसन पनि राम्रो भएको कम्पनीको दावी छ । कम्पनीका अनुसार सेग्मेन्टमै सबैभन्दा छिटो ४.४ सेकेन्डमै ०–६० किलोमिटर प्रतिघण्टाको स्पीड रहेको छ । त्यस्तै हिरो एक्स्ट्रिम १२५ को दुई भेरियन्ट सीबीएस र एबीएस भर्सनमा सार्वजनिक गरेको छ । सीबीएस भर्सनको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ र एबीएस भर्सनको मूल्य ३ लाख ११ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो । एक्स्ट्रीम १२५ आरमा १२५ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कुल्ड, स्प्रिन्ट ईबीटी इन्जिन रहेको छ ।
उक्त इन्जिनले अधिकतम ८ हजार २५० आरपीएममा ११.५० ब्रेकहर्स पावर जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ । यसमा डाइमन्ड फ्रेम, डीआरएल, स्प्लीट सीट, स्प्लीट ग्रयाबरेल, फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा शोवा प्रिलोड एड्जस्टेबल मोनोशक रहेको कम्पनीले जनाएको छ । यो मोटरसाइकलले १२५ सीसी सेग्मेन्टमा टीभीएस रेडर १२५ र पल्सर १२५ सँग सिधा प्रतिस्पर्धा गर्ने कम्पनीको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्