Shikhar Insurance
National Life

बिहीबार ३३.४२ अंकले घट्यो सेयर बजार, कारोबार रकममा भने सुधार

सिंहदरबार संवाददाता
२०८१ मंसिर २७, बिहीबार १५:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३.४२ अंकले घटेर २६८२.२९ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

बिहीबार ३०४ कम्पनीको १ करोड २३ लाख ५९ हजार ३ सय १८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १४ करोड ४० लाख ६५ हजार ४ सय ४४ रुपैयाँ बराबारको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २६ करोड १२ लाख रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ८ सय ६१ रुपैयाँ पुगेको छ ।

बिहीबार ४० कम्पनीको सेयर मूल्य बढ्दा २०४ कम्पनीको सेयर मूल्य घटेको छ ।

साथै, आज १ कम्पनीको सेयर मूल्य ८.५५ प्रतिशतले बढेको छ भने जानकी फाइनान्सको सेयर मूलय मा नकारात्मक सर्किट लागेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्