काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेले हकप्रद सेयर र लाभांश प्रस्ताव पारितको लागि साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैंठको निर्णय अनुसार सभा पुस १८ गते बिहान १० बजे बस्ने निर्णय गरेको हो ।
सभामा संचालक समितिको आव २०८०/ ०८१ को वार्षिक प्रतिवेदन छलफाल गरी पारित गर्नेछ ।
सभामा कम्पननीको हाल कायम चुक्त पुँजी १ अर्ब ७५ करोड ५५ लाख ८८ हजार ८ सय ४६ रुपैयाबाट बोनस सेयर ४.७५ प्रतिशत र नगद लाभांश (कर प्रयोजन) सहित ०.२५ प्रतिशत गरी कुल ५ प्रतिशत लाभांश प्रशाव पारित गर्नेछ ।
सभामा हाल कायम चुक्ता पुँजीको एक सेयर बराबर १:०६९८९ प्रतिशत सेयर अनुपातमा प्रतिसेयर १ सय रुपैयाँको दरले १ अर्ब २८ करोड ५२ लाख ६ सय २६ कित्ता हकप्रद सेयर निष्कासनको लागि प्रस्ताव गर्नेछन् ।
सभामा लेखा परिक्षकको प्रतिवेदन सहित आव २०८०/०८१ को वसालत, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्नेछ ।
साथै, कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुस ३ गतेसम्म नेप्सेमा कारोबभार भएका सेयरधनीहरुले लाभांश र हकप्रद सेयरमा सहभाति हुन पाउँनेछन् ।
प्रतिक्रिया दिनुहोस्