काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र गोङ्गबु, काठमाडौंस्थित भोकमन्त्र प्रालिबीच विशेष छुट सम्झौता भएको छ । सो सम्झौता अनुसार बैंकका कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले भोकमन्त्रमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ ।
भौतिक कार्ड विना नै मोवाइलको माध्यमबाट स्क्यान गरि क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता यस भच्र्युअल क्रेडिट कार्डमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्