काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको छ । बैंकले सेयरधनीहरुको नाममा रहेको जम्मा १ लाख ३५ हजार ३ सय १ कित्ता सेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको हो ।
बैंकले सेयरको प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन । उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नआएपछि बैंकले सर्वसाधारणमा बिक्री प्रकृया अगाडि बढाएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले आवश्यक कागजात संकलन गरी १५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिनु पर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्