काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य बढेको छ । अघिल्लो दिन ४ सय रुपैयाँले बढेको सुन आज एकैचोटि २१ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ५२ हजार २ सयमा किनबेच भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ६० रुपैयाँले बढेर १ हजार ९ सय २५ रुपैयाँमा किनबेच भएको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्