Shikhar Insurance
National Life

वाग्मती प्रदेशसभाको बैठक असार १७ गते

सिंहदरबार संवाददाता
२०७८ असार १५, मंगलवार १८:०१
Hyundai
NCELL
NIMB

मकवानपुर । वाग्मती प्रदेशसभाको आगामी बैठक यही असार १७ गते दिनको ३ बजे बस्ने भएको छ । सो बैठकमा प्रदेश सरकारद्वारा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्ष २०७८/०७९ को बिनियोजित बजेट ,राजश्व र आयव्यय माथि छलफल हुने बताइएको छ ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक यही असार १७ गते दिनको ३ बजे तय भएको जानकारी दिए । उनले बुधबार विहान ११ वजे कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रदेशसभाको यही असार २ गते बसेको बैठकमा प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले राजश्व सङ्कलन, आय–व्यायको प्रस्ताव छलफलको लागि टेबुल गरेका थिए । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्