काठमाडौं । चार महिनामा २० वाणिज्य बैंकले २२ अर्ब बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार २० वाणिज्य बैंकहरुले साउनदेखि महिनासम्ममा २२ अर्ब २९ करोड ८६ लाख नाफा आर्जन गरेका हुन् ।
नबिल बैंकले २ अर्ब ६९ करोड १० रुपैयाँ नाफा कमाएर धेरै कमाउने बैंकको स्थान सुरक्षित गरेको छ । सबैभन्दा कम नाफा कमाउने कृषि विकास बैंकले चार महिनामा २२ करोड ७७ लाख रुपैयाँ ऋणात्मक कमएका छ ।
धेरै नाफा कमाउने बैंकहरुको दोस्रो नम्बरमा भने ग्लोबल आइएमई बैंक रहेको छ, जसले चार महिनामा २ अर्ब ११ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले १ अर्ब ८२ करोड ९ लाख रुपैयाँ नाफा कमाएर तेस्रो स्थान सुरक्षित गरेको छ भने प्राइम कमर्सियल बैंक १ अर्ब ६२ करोड रुपैयाँ नाफा आर्जन गरेर चौथो स्थानमा परेको छ ।
एनआईसी एशिया बैकले चार महिनामा ३८ करोड ८१ लाख नाफा कमाएको छ । कुमारी बैककले १ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएर पाचौं स्थानमा परेको छ भने एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएर छौटौँ स्थानमा आएको छ ।
त्यस्तै, एनएमबिले चार महिनामा १ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको छ भने प्रभु बैंक लिमिटेडले १ अर्ब २३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंककले १ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको छ भने नेपाल एसविआई बैंककले १ अर्ब ७१ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । लक्ष्मी सनराइज बैंककले चार महिनामा १ अर्ब ६ करोड बढी नाफा कमाएको छ ।
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले भने तीन महिनामा ५५ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ ।
माछापुच्छ्रे बैंकले चार महिनामा ६८ करोड ९७ लाख रुपैयाँ नाफा कमाउँदा हिमालयन बैंकले ९१ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको छ । चार महिनामा नेपाल बैंक लिमिटेडले ९३ करोड ८८ लाख रुपैयाँ नाफा गर्दा सिद्धार्थ बैंकले ६६ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको हो ।
साथै, सानिमा बैंकले चार महिनामा ६५ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ भने सिटिजन्स बैंकले ४३ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको हो ।
प्रतिक्रिया दिनुहोस्