Shikhar Insurance
National Life

विद्यालय, विद्यार्थी र शिक्षकबीचको अनुपात मिलेको छैन: शिक्षामन्त्री भट्टराई

सिंहदरबार संवाददाता
२०८१ मंसिर २४, सोमबार १७:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय, विद्यार्थी र शिक्षकबीचको अनुपात नमिलेको भन्दै दरबन्दी पुनरावलोकन गर्न मन्त्रालयले कार्यदल गठन गरेको बताएकी छन् ।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको छलफलमा सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै मन्त्री भट्टराईले यस्तो बताएकी हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विद्यालय शिक्षाको दरबन्दी पुनरावलोकन गर्न मन्त्रालयले गठन गरेको कार्यदलले काम शुरु गरिसकेको बताउँदै उनले प्राविधिक तथा व्यवसायिक शिक्षाको आजको आवश्यकता र विगतको अभ्यासका आधारमा पाठ्यक्रम पुन:संरचना गर्न जरुरी रहेको जनाइन् । प्राविधिक तथा व्यवसायिक शिक्षाको पाठ्यक्रम पुन:संचना गर्न समेत योजना आयोगका सदस्यको संयोजकत्वमा कार्यदल गठन भएको उनले उल्लेख गरिन् ।

कार्यदलले १५ दिनपछि प्रतिवेदन बुझाउने र प्रतिवेदनको आधारमा मन्त्रालयले थप प्रक्रियाहरु अगाडि बढाउने उनको भनाइ छ । विद्यालय शिक्षा विधेयकलाई छिटोभन्दा छिटो समितिबाट पारित गर्नुपर्नेमा उनको जोड छ ।

उनले भनिन्, ‘यो विधेयक शिक्षा नीति, २०७६, त्यतिबेला भएको पन्ध्रौँ योजना, अनिवार्य तथा नि:शुल्क शिक्षा ऐन र संविधानलाई स्रोत मानेर ल्याइएको हो । विधेयकका सम्बन्धमा मन्त्रालयले केही तयारी गरिसकेको छ । दरबन्दिको कुरा बारम्बार उठिरहेको कुरा हो । शिक्षक र विद्यार्थीबीचको अनुपात मिलेको छैन । विद्याालय शिक्षा कक्षा १२ सम्मको दरबन्दी पुनरावलोकन गरौं भनेर पूर्वसचिवको संयोजकत्वमा यो काम पनि शुरु भइसकेको छ ।’

उनले विधेयकमा भएका विवादका विषयहरुको समाधान खोज्न राजनीतिक सहमतिका आधारमा अघि बढ्नुपर्ने उल्लेख गरिन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्