काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा उभिएका छन् । सामाजिक संचाल फेसबुकमा एक स्टाटस लेख्दै सरकारले रविलाई गरेको व्यवहार अमानविय भएको बताएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु।’
सभापति लामिछाने विगत २ महिनादेखी सहकारी रकम अपचलनको विषयमा हिरासतमा रहेका छन् । प्रहरीले लामिछानेले सहकारी ठगि गरेको भन्दै विभिन्न जिल्लाहरुमा लैजादैं बयान लिइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्