काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.८४ अंकले घटेर २६७६.१५ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
सोमबार ३१७ कम्पनीको १ करोड १५ लाख २३ हजार ३ कित्ता सेयर किनबेच भएको छ । सोमबार सेयर बजार दोहोरो अंकले घटेपनि एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३५ करोड २७ लाख २० हजार रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार १ सय ८२ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्