काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.८४ अंकले घटेर २६७६.१५ मा पुगेको छ ।
सोमबार ३ सय १७ कम्पनीको १ करोड १५ लाख २३ हजार ३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार ८ सय २२ रुपैयाँ कारोबार भएको छ ।
सोमबार इमर्जीङ नेपालको ८.७६ प्रतिशत, माहिला लघुवित्तको ७.१४ प्रतिशत, सिटिजन्स बैंक डिभेन्चरको ६.११ प्रतिशत, एनआरएन इन्फ्रान्स्टक्चर एण्ड डेभलपमेन्टको ६.०३ प्रतिशत सहित १२७ कम्पनीको सेयर बढेकोे छ ।
सोमबार स्वाभिमान लघुवित्तको सेयरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, आज खानी खोला हाइड्रोपावरको ८.२१ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को ७.२५ प्रतिशत सहित १६२ कम्पनीको सेयरमा गिरावट आएको छ ।
प्रतिक्रिया दिनुहोस्