Shikhar Insurance
National Life

राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टहरुले ‘नेपाल पे’ क्युआर मार्फत क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सक्ने

सिंहदरबार संवाददाता
२०८१ मंसिर २४, सोमबार १३:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (नेपाल पे) बीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार विश्वका करिब ४८ देशहरुसँग आबद्धता रहेको अलिपे प्लसको नेटवर्क मार्फत नेपालमा क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सकिने भएको छ ।

सम्झौता अनुसार नेपाल क्लियरिङ हाउसले यसको सहजीकरण गर्नेछ । यसबाट नेपाल पे क्युआर लिएका यस बैंकका मर्चेन्टहरुले अब आफ्नो व्यापारलाई अझ बृद्धि गर्न सक्ने बैंकले जनाएको छ । नेपाल पे क्युआर हाल सम्म नलिएका ग्राहकहरुले आफ्नो खाता भएको शाखामा सम्पर्क गरी यस्तो सुबिधा प्राप्त गर्न सक्ने समेत बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

खासगरी चीन, थाईल्याण्ड, हङकङ, मलेसिया, ईन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, दक्षिण कोरिया, स्विडेन तथा ईटली लगायत अलिपे प्लस नेटवर्कमा आवद्ध देशहरुबाट आएका पर्यटकहरुले आफ्नो देशको विभिन्न वालेट मार्फत रकम भुक्तानी गर्न सक्नेछन् ।

यस्तो कारोवारबाट विदेशीले नेपालमा सहजै रकम भुक्तानी गर्न सक्ने हुँदा डिजिटल कारोवारमा बृद्धि भई अर्थतन्त्र थप चलायमान हुने बैंकले अपेक्षा गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्