Shikhar Insurance
National Life

एनपीएल लाइभ हेर्नका लागि एनसेलले ल्यायो ‘एनपीएल फ्यान प्याक’, एक जीबी सित्तैमा

सिंहदरबार संवाददाता
२०८१ मंसिर २५, मंगलवार ११:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । सेवा प्रदायक कम्पनी एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) लक्षित बम्पर अफर ल्याएको छ । कम्पनीले जुन सुकै बेला पनि एनपीएल हेर्न सकिने गरी ग्राहक र एनपीएलका दर्शकलाई थप सुविधा दिदैँ ‘सधैँ अन प्याक्स’ अफर ल्याएको हो ।

एनसेलले युट्युवमार्फत मज्जाले एनपीएल हेर्न सकिने गरी सुपथ र सहज मूल्यमा ‘सधै अन प्याक’ ल्याएको हो । यसबाट ग्राहकहरुले अनलिमिटेड युट्युव प्रयोग गर्न सक्ने छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अब बाटोमा, खाना खाँदा, हिड्दा होस् या कुनै काम गर्दा होस् ढुक्कले ‘सधैँ अन प्याक’ मार्फत एनपीएलको मज्जा लिन सकिने कम्पनीले जनाएको छ । *१२३# बाट सधैँ अन प्याकेज डाटा लिन सकिने जानकारी दिएको छ । यसरी हेर्दा ९ नम्बरमा एनपीएल फ्यान प्याक्स देख्न सकिन्छ । यसरी सो फ्याकेजभित्र १ दिनका लागि ५० रुपैयाँ, ७ दिनका लागि १९९ रुपैयाँ, ३ दिनका लागि १२५ रुपैयाँ, २८ दिनका लागि ९९९ रुपैयाँ तोकेको छ । यस्तै, एनपीएलको धुन पीआरबीटी राख्नका लागि दैनिक १ रुपैयाँ अर्थात मासिक ३० रुपैयाँ तोकेको छ । एनपीएलका लागि १ जीबी भने सित्तैमा दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्