Shikhar Insurance
National Life

प्रधानमन्त्री र अर्थमन्त्रीको बोलचाल छैन् भन्ने हल्ला चलेपछि पौडेलले भने ‘प्रचार गलत हो’

सिंहदरबार संवाददाता
२०८१ मंसिर २३, आईतवार १८:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री र अर्थमन्त्रीबीच मनमुटाव भएको भन्ने गलत प्रचार गरिएको बताएका छन् । आइतबार कला परिषद्मा आयोजित फोटो प्रदर्शनी अवलोकन पश्चात सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर आएका समाचारहरुमा कुनै सत्यता नभएको  बताए । उनले यस्तो समाचारको विषयमा प्रतिक्रिया दिन लायक समेत नभएको उल्लेख गरेका छन् । उनले गलत प्रचार गर्नेहरुले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर मनको लड्डू घ्युसँग खानु बाहेक अरु केही नभएको भन्दै गलत समाचारले कसैलाई पनि फाइदा नगर्ने बताए । उनले प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक रुपमा सफल भएको उल्लेख गरे । उनले केपी शर्मा ओली प्रधानमन्त्री भएर सन् २०१६,२०१८ र २०२४ मा गरेका चीन भ्रमण सफल र उपलब्धिपूर्ण भएको जिकिर गरे । उनले भ्रमणबाट नेपालले महत्त्वपूर्ण उपलब्ध हासिल गरेको भन्दै त्यसले नेपालको दीर्घकालिन विकास सहयोग पुग्ने जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सञ्चारकर्मीहरुले गरेका मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकारका काम सम्बन्धित प्रश्नमा अर्थमन्त्रीले अर्थतन्त्रमा रहेका समस्याका चाङलाई एक–एक गरी पन्छ्याउँदै अगाडि बढिरहेको बताए । उनले सरोकारवालाहरुसँग समन्वय र सुझावसहित सरकार अर्थतन्त्र सुधारमा लागेको जानकारी दिए ।

उनले पछिल्लो चार महिनामा सरकारले केही उल्लेख्य कामहरु गरेको दाबी गरे । उनले नीतिगत रुपमा रहेका अन्योल र दुविधालाई धेरै हदसम्म स्पष्ट गरेको बताए । उनले सरकारले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दा पछिल्लो समय अर्थतन्त्रले गति लिन थालेको बताए । उनले बैंकको ब्याजदर सिंगल डिजिटमा ल्याउन सफल भएको पनि जानकारी दिए । उनले गत वर्ष चार महिनाको अवधिमा ३ प्रतिशत मात्रै राजश्व वृद्धि रहेकोमा यो वर्ष चार महिनामा अहिले १७ प्रतिशतले राजश्व वृद्धि भएको जानकारी दिए ।

उनले सरकार उत्पादन,उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना लगायतका क्षेत्रमा केन्द्रित हुन चाहेको बताए । उनले बैंकको तरलतालाई उत्पादन, उत्पादकत्व वृद्धि र राजगारी सिर्जनाका निम्ति सदुपयोग गर्न सक्नुपर्ने आवश्यकता रहेको बताए । उनले उत्पादन र निजी क्षेत्रको मनोवल बढाई अर्थतन्त्रलाई गतिशिल बनाउने दिशातर्फ सरकारको प्रयास भइरहेको उल्लेख गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्