काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेललाई हटाउन एमालेभित्रैबाट प्रधानमन्त्री ओलीमाथि तिब्र दबाव छ । खासगरि एमाले महासचिव शंकर पोखरेल समुहले पौडेललाई प्रतिष्पर्धी ठान्ने भएकाले स्रोत साधन सम्पन्न अर्थमन्त्रालयको जिम्मेवारीमा निरन्तरता दिँदा आफ्नो राजनीतिक भविष्य नै संकटमा पर्ने जोखिम पोखरेल समुहले देखेको बताइन्छ ।
एमाले महासचिव पोखरेलले पौडेललाई अर्थमन्त्री बन्न बाटै रोक्ने प्रयास गरेका थिए तर पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको जोडबलमा ओलीले पौडेललाई उप प्रधान तथा अर्थमन्त्री बनाएका थिए ।
साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५.९३ अंकले घटेर २६८९.०० को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
आइतबार ३२१ कम्पनीको १ करोड ७३ लाख ९२ हजार २ सय ४४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड ३ लाख ४ हजार रुपैयाँ बराबारको कारोबार भएको छ ।
आइतबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३२ करोड ६४ लाख ६१ हजार बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार १ सय १४ रुपैयाँ पुगेको छ ।
आइतबार २७ कम्पनीको सेयर मूल्य बढ्दा २१४ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ४ कम्पनीकबो सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्