काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आव २०८०/८१ को लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।
संस्थाको मंसिंर २१ गते बसेको सञ्चालक समितिको बैठकले २०८१ असार मसान्तको वासलात आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा तत्सम्बन्धी अनुसूचिहरु स्वीकृत गरी आव ०८०/८१ को लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिबाट पारित वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात लागू हुने संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्