काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बजारमा हुने इन्साइडर ट्रेडिङ र म्यानुपुलेसन रोक्न र अनैतिक कार्यलाई रोक्न हिचकिचाहट नगर्ने दाबी गरेका छन्। बिहीबार स्टक ब्रोकर एसोसिएसनको ३० औं वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
यसका साथै उनले पुँजी बजारलाई स्थायित्व दिई नयाँ उचाई पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। पुँजी बजारलाई थप चलायमान बनाउन सम्पुर्ण लगानीकर्ताका साथै सरोकारवालाको साथ र सहयोगको आवश्यकता रहेको उनको भनाइ छ।
यसका साथै उनले पुँजी बजारमा आएको प्रगतिसँगै चुनौती पनि थपिएको बताउँदै उनले सर्वसाधारण लगानी कर्ताको हितलाई प्राथमिकतामा राखी काम गर्ने प्रतिवद्धता व्यक्त गरे। त्यस्तै उनले पुँजी बजारको विकासमा ब्रोकर कम्पनीहरुको भुमिका प्रसंसनीय रहेको बताए। यसका साथै उनले बजार हुने अनैतिक कार्यलाई रोक्न हिचकिचाहट नगर्ने बताए।
उनले भने, ‘बजारमा हुने इन्साइडर ट्रेडिङ र म्यानुपुलेसन रोक्न र अनैतिक कार्यलाई रोक्न हिचकिचाहट गर्दिन।’
प्रतिक्रिया दिनुहोस्