काठमाडौं । नेपाल र चीनबीच बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ । चीनको चार दिने चीन भ्रमणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै परराष्ट्र मन्त्रालयका कार्यवाहक सचिव अमृतबहादुर राईले यस्तो बताएका हुन् ।
उनले चार दिने चीन भ्रमणको क्रममा भएको नेपाल र चीनबीच बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्कमा १० आयोजनाहरु रहेको बताए ।
उनका अनुसार उक्त सम्झौतामा टोखा–छहरे सुरुङमार्ग सम्बन्धी पत्र आदान–प्रदान,नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी पत्र आदान–प्रदान,निर्यात सम्बन्धी प्रोटोकल, नौतले वसन्तपुर दरबार पुन:निर्माण सम्पन्न प्रमाणपत्रको आदान–प्रदान,विकास योजना सम्बन्धी समझदारी पत्र,आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र,नगद सहयोग सम्बन्धी पत्र आदान–प्रदान,स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र नेपाल टेलिभिजन र चिनियाँ सञ्चार समूहबीच सञ्चार प्रविधि सम्बन्धी समझादारी पत्रमा सम्झौता भएको छ ।
चीन भ्रमणका क्रममा चीन सरकारका तर्फबाट विस२०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन करिव २ अर्ब ७० करोडका अतिरिक्त राष्ट्रपति सि चिनफिङले थप अनुदान ५०० मिलियन अर्थात नेपाली रुपैयाँ ९ अर्ब ३४ करोड अनुदान घोषणा भएको जानकारी दिए ।
उनले भ्रमणका क्रममा भएका सहमतिलाई समेटी नेपाल र चीनबीच संयुक्त विज्ञप्ती जारी गरिएको पनि बताउँदै यो पटक नेपालले द्विपक्षीय सहयोगका लागि सम्पर्क सञ्चार,पूर्वाधार निर्माण,कृषि,ऊर्जा,वाणिज्य लगायत क्षेत्रका केही महत्त्वपूर्ण विकास परियोजनाहरु अघि सारेको पनि उल्लेख गरे ।
चीन भ्रमणले आपसी सहयोग तथा सहकार्य अभिवृद्धि हुँदै जाने अपेक्षा लिएको बताए ।
उनले भने, ‘चीन भ्रमणका क्रममा मैले चीनका महामहिम राष्ट्रपति सि चिनफिङसँग भेट गरी दुईपक्षीय हितका विविध विषयहरुमा छलफल गरे । मैले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डल र चीनका प्रधानमन्त्री लि छियाङले नेतृत्व गर्नुभएको चिनियाँ प्रतिनिधिमण्डलबीच द्धिपक्षीय वार्ता सम्पन्न भयो । उक्त वार्ताका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयामहरुमा घनीभुत र हार्दिकतापूर्ण छलफल भयो ।’
‘नेपाली राजदुतावास, बेइजिङ, चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद् र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गरेको नेपाल–चीन बिजनेश फोरमलाई मैले सम्बोधन गरे । उक्त अवसरमा नेपालको पर्यटकीय आकर्षण र लगानीको सम्भावनाको चर्चा गर्दै चिनियाँ जनतालाई नेपाल भ्रमण गर्न र नेपालमा लगानी गर्न आह्वान गरेको छु’ उनले बताए ।
उनले बेइजिङस्थित नेपाली राजदुताबासले म र मेरो प्रतिनिधि मण्डलको सम्मानमा आयोजना गरेको रात्रिभोजमा सहभागी भएको र भ्रमणका अवसरमा नेपाल र चीनबीच बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको जानकारी दिए ।
‘बिआरआईअन्तर्गत १० परियोजनाहरु जसमा टोखा–छहरे सुरुङमार्ग सम्बन्धी पत्र आदान–प्रदान,नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी पत्र आदान–प्रदान,निर्यात सम्बन्धी प्रोटोकल,नौतले वसन्तपुर दरबार पुन:निर्माण सम्पन्न प्रमाणपत्रको आदान–प्रदान,विकास योजना सम्बन्धी समझदारी पत्र,आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र,नगद सहयोग सम्बन्धी पत्र आदान–प्रदान,स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र नेपाल टेलिभिजन र चिनियाँ सञ्चार समूहबीच सञ्चार प्रविधि सम्बन्धी समझादारी पत्रमा सम्झौता भएको छ’ उनले उल्लेख गरे ।
चीन सरकारका तर्फबाट विसं २०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन करिव २ अर्ब ७० करोडका अतिरिक्त राष्ट्रपति सि चिनफिङले थप अनुदान ५०० मिलियन नेपाली ९ अर्ब ३४ करोड अनुदान घोषणा भएको उनले जानकारी दिए ।
उनले भने, ‘भ्रमणका क्रममा भएका सहमतिलाई समेटी नेपाल र चीनबीच संयुक्त विज्ञप्ति जारी गरिएको छ । यो पटक हामीले द्विपक्षीय सहयोगका लागि सम्पर्क सञ्चार,पूर्वाधार निर्माण,कृषि,ऊर्जा,वाणिज्य लगायत क्षेत्रका केही महत्त्वपूर्ण विकास परियोजनाहरु अघि सारेका छौं । यसमा आपसी सहयोग तथा सहकार्य अभिवृद्धि हुँदै जाने अपेक्षा लिएको छु ।’
उनले चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सि चिनफिङसँग भेट गरी दुईपक्षीय हितका विविध विषयहरुमा छलफल गरेको जानकारी दिए । उनले नेपाली प्रतिनिधिमण्डल र चीनका प्रधानमन्त्री लि छियाङले नेतृत्व गरेको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भएको र उक्त वार्ताका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयामहरुमा घनीभुत र हार्दिकतापूर्ण छलफल भएको जानकारी दिए ।
भ्रमणका क्रममा चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष चाओ लुचीसँग पनि मेरो भेटघाट भएको बताए ।
प्रतिक्रिया दिनुहोस्